परदेशीको Personal Finance

“परदेशमा कमाएर, देशमा भविष्य बनाउने अभियान”

Financial Toolkit चलाउनुहोस् हाम्रो कथा पढ्नुहोस्

हाम्रो अभियान के हो?

कमाउने बानीबाट, बनाउने बानीतिर

धेरै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू विदेशमा रगत र पसिना बगाउँछन्, तर सही आर्थिक ज्ञान नहुँदा वर्षौं पछि पनि खाली हात फर्किन बाध्य हुन्छन्।

Way To Success (WTS) को यो अभियान तपाईंलाई पैसा कमाउन मात्र होइन, कमाएको पैसालाई System मा राखेर काममा लगाउन, परिवारको भविष्य सुरक्षित गर्न र सम्मानका साथ नेपाल फर्किन सिकाउने एउटा मास्टरक्लास हो।

तपाईं एक्लै हुनुहुन्न, हामी तपाईंको साथमा छौं।

Migrant Worker Future

हाम्रो कथा र यात्रा

RP Srijan Journey

"म मजदुर थिएँ — अब म मजदुरहरूको लागि काम गर्छु।"

RP Srijan (राजेन्द्र पौडेल) ले साउदी अरब र युएई (UAE) मा ८ वर्षभन्दा बढी समय एक सामान्य मजदुरको रूपमा काम गर्नुभयो। त्यहाँ काम गर्दा उहाँले नेपाली श्रमिकहरूले भोग्ने दुःख, ठगी र आर्थिक ज्ञानको अभावलाई नजिकबाट देख्नुभयो। यही भोगाइले उहाँलाई केही गर्ने प्रेरणा दियो।

त्यसपछि सन् २०१८ मा 'Way To Success' को स्थापना भयो। अहिले उहाँकी पत्नी संगीता तिमिल्सिनाको नेतृत्वमा यसले नेपाल र UAE (Ajman) बाट काम गरिरहेको छ। Way To Success ले श्रमिकहरूलाई वित्तीय साक्षरता (Financial Literacy), डिजिटल सीप र सही जानकारी दिएर उनीहरूको जीवन बदल्न मद्दत गरिरहेको छ।

1.2M+

Followers Online

10,000+

Trained Globally

8+

Years Experience

हामी WTS Guru (अनलाइन सिकाइ), Bidesh App र प्रत्यक्ष तालिम (कतार, मलेसिया, साउदी, युएई) मार्फत श्रमिकहरूलाई 'आर्थिक स्वतन्त्रता' को बाटो देखाइरहेका छौं।

कार्यशालामा के-के सिकाइन्छ?

१. Money Reality & Foundation

पैसाको यथार्थ, आम्दानी र खर्चको नियम, र Emergency Fund को महत्त्व बुझ्ने।

२. 10K Wealth Formula & SIP

महिनाको १० हजार लगानी गरेर कसरी कम्पाउन्डिङको जादुबाट करोडपति बन्ने?

३. Investment Systems

SSF (सामाजिक सुरक्षा कोष), CIT (नागरिक लगानी कोष) र IPO मा लगानी गर्ने सही तरिका।

४. Family Finance & Relationship

परिवारसँग आर्थिक कुराकानी, खर्चको व्यवस्थापन र साझा सपनाको निर्माण।

५. AI & Future Skills

डिजिटल समयमा आफ्नो सीप बढाउने, CV बनाउने र AI को प्रयोगबाट आम्दानी बढाउने।

६. Dream Planning & Exit Plan

घर, गाडी, व्यापारको योजना र सम्मानका साथ नेपाल फर्किने (FIRE) मास्टर प्लान।

आफ्नो आर्थिक यथार्थ आफैं जाँच्नुहोस्

तपाईंको पैसा कहाँ जाँदैछ? तपाईं कहिले नेपाल फर्किन सक्नुहुन्छ? घर किन्दा फाइदा कि भाडामा बस्दा? हाम्रो "Master Financial Toolkit" प्रयोग गरेर आजै आफ्नो हिसाब गर्नुहोस्।

Toolkit खोल्नुहोस्